नेपाली शेयर बजारका ५ मजबुत fundamental कारणहरू: विष्णुप्रसाद बस्याल

१. Low capital stocks (कमाई तथ कमाउन सक्ने आधार त मुर्खले मात्र हेर्छ)

२. Right शेयर ( पुँजी मात्र थपे पुग्छ व्यापार छ कि छैन के मतलब?)

३. नयाँ लिस्टेड कम्पनी ( कम्पनि ले के व्यापार गर्ने हो र भविष्यमा के कमाएर दीन सक्छ के मतलव? किने पछी ५-१० गुणा भै हाल्छ) 

४. सम्पती बेचेर यो वर्ष थुप्रै कमायो ( नियमित व्यापार बाट कती कमायो वा कती कमाउन सक्ला थाहा छैन तर तर आजको मितिमा कती दीन सक्ला?)

५. क्यास dividend होईन बोनस शेयर दिनु पर्यो (जिंदगी भरी बोनस शेयर मात्र दिए पुग्छ क्यास किन चाहियो र मैले शेयर किन्दा cash तिरेर किनेको हों र?) 

 

यिनका साथै शेयर को भाउ बढाउन तुरुन्तै अवलम्बन गर्नु पर्ने ६ मजबुत नीतिगत सुधारका उपाय हरू; 

 

१. मेरो शेयर कोे भाउ बढाई दिनु पर्यो त्यस्को लागि फलानो फलानो मान्छे लाई शेयर बेच्न बाट रोक लगाउनु पर्यो। साथै फलानोलाई बजार तल खस्न सक्छ भनेर भन्न बाट रोक लगाउनु पर्यो। माथी जान्छ भन्ने लाई पुरस्कार दिनु पर्यो। अथवा सकारात्मक कुरा मात्र प्रचार गर्नु पर्यो। 

२. कम्पनि का प्रोमोटरले गरेको लगानीको कुनै मुल्य छैन। मेरो शेयर सेकेण्डरी मार्केटमा १०० मा किनेर कमसे कम ५०० मा बेच्न पाउनु पर्छ। तर प्रोमोटर ले १० बर्ष कम्पनि चलाए पनी त्यस्को पैंसा सित्तैंमा आको हो उसलाई किन प्रीमियम चाहियो र? 

३. संस्थागत लगानीकर्तालाई कम्पनिकोे वस्तु स्थिति न हेरी, अर्थतन्त्र का सूचक न हेरी हाम्रो कम्पनी को शेयर किन्न बाध्य गर्नु पर्यो। संस्थागत लगानीकर्ताले मेरा शेयर न किनी दिए मैले कसरि उच्च मुल्य मा बेच्न सक्छु? 

४. नयाँ ब्रोकर आए भने आफ्नो भए भरको पुँजी ले शेयर किन्छन् अनि मेरो शेयर महँगोमा बिक्छ। 

५. नयाँ एक्सचेन्ज आयो भने मेरो कम्पनि को शेयर १०-२० गुणा बड़े पछी मात्र बेच्न पाउने भन्ने व्यवस्था ल्याउला कि? 

६. मेरो शेयर भाउ न बढ्नुमा ब्रोकर ले लिने कमिशन कोे ठुलो हाथ छ। तसर्थ, कमिशन न लिने हो भने त मेरो कम्पनिको भाउ बढी हाल्छ नी। 

 

अब त बुल (boom boom) शुरू हुन्छ भन्ने ५ मजबूत आधार हरू; 

 

१. बजेट मा ३ पटक नेपालकाे पुँजी बजारको बारेमा उल्लेख भयो। 

२. गभर्नर र अर्थमन्त्री ज्यू दुवैले हामी पुँजी बजार प्रति सकारात्मक छौ भन्दिनु भयो। 

३. मन्त्री र गभर्नर एउटै पार्टी का वा गठबंधन का परे। 

४. बैंकमा पैसा थुप्रिएर बस्यो। 

५. व्याजदर घट्यो। 

 

माथि उल्लेखित विशेषता हरू नेपाली पुँजी बाजरमा लागु हुन्छ। हामी नेपाली माटो सुहाउँदो नेपाली पन र नेपाली भावना बोकेको नेपाली परिस्थिति सुहाउँदो सुन्दर शेयर बजारको लागि जोरदार मेहनत गर्नु पर्छ। अरु संसारले पछ्याएको नीति ल्याउनु भनेको हाम्रो नेपालीपन र हाम्रो सार्वभौम सत्ता माथिको नाङ्गो हस्तक्षेपः हो।

Share this post to