सानाे मन-मनाेज ज्ञवाली

म’ छिन छिन मा कति खुशी हुन्छु

स-सानै कुरामा पुरै सन्तुष्ट हुन्छु

‘उ’ संग म अस्ती बेस्सरी खुशी भएं,

उसले मलाई रिस उठेको कुरा बोल्यो

लय मिलाई मिलाई गाली नी गर्यो

मलाई लाग्यो मैले तारणहार पाएं

‘उ’ भुमिका मा आयो ‘म’ खुशी भएं

तर ‘उ’ पनि उस्तै हुंदा निकास ‘म’

सपनामा तुषारापात हुदै गर्दा दुःखि ‘म’

‘परिवर्तन’ को मृगतृष्णामा सपना नै विर्सें

अब त जसले ‘परिवर्तन’ भन्छ उहि ‘मेरो’

‘उ’ आफै परिवर्तन हुन्छ फेरी अर्को ‘मेरो’

मेरो स्थीती र अवस्था होईन

अव त मानसिकता परिवर्तन भैसक्यो

खुशीको कारण र सपना को आकार

परिस्थीतीले तय गर्छ सायद

सानै कुराले मलाई बिछट्ट खुशी पार्छ

सानै कुरामा बिछट्टै रिस उठ्छ।

फेसबुक, टिकटिक, ट्विटर खोल्छु मज्जाले खुशी वा रिस पोख्छु र शान्त हुन्छु न तथ्य न तथ्याङ्क न सपना न योजना बस आफै मा खुशी आफैमा दुखी छु ‘म’!!

Share this post to