एक माघले जाडो जाँदैन अहिलेको नतिजाले सत्ता समिकरणमा रौँ हल्लिन्न:भिम उपाध्याय

दारूको  नसामा बोल्ने मात्र हो

तर यस्तै हो भने सबै दलहरू गठन र फुट्न वा विघटन हुन सक्छन्। संकेत एमाले र माओबादीको अस्तित्व नै देखिएन, यसपटकको उपचुनावमा ।

हामीले युवाहरूको स्वतन्त्र र बैकल्पिक शक्ति उदाउनुपर्छ, तिनलाई समर्थन गर्नुपर्छ, नो नट अगैन हुनुपर्छ भनेर गत स्थानीय चुनावअघि र मंसिरमा नै निरन्तर बिगुल बजाएका थियौँ। आंशिक सफलता प्राप्त गरेका पनि थियौँ।

कुनै पनि हालतमा नहतारिन, अधैर्य नहुन, सत्ताको चास्नीमा नडुब्न, जनताको आवाज बुलन्द पार्न नछाड्न संसदमा जानुपर्छ पनि भनेका थियौँ। संसदमा जनताका लागि प्रतिपक्ष छैन। सबै सत्ताप्राप्तिको दाउ सुँघेर बसेका छन्। एक माघले जाडो जॉदैन।

बैकल्पिक नेताहरू निष्कलंक, चरित्रवान, आधुनिक ज्ञान विज्ञान, प्रविधि, अर्थशास्त्र, कुटनीतिमा पठित, कानुनको पालन गर्ने, असल कानुन बनाउने, प्रशासनतन्त्र हॉक्न सक्ने क्षमता भएका, जनजीविकाको लागि मरिमेट्ने हुनैपर्छ। पद र सत्ता नै सबै थोक हो भन्ने रोगले डुबाएरै छाड्छ। सबैले चेतून्।   साभार:फेसबुक 

Share this post to