नेपाली सिमेन्ट उद्योग: अर्थतन्त्रका लागि दोधारे तरवार

२६ फागुन, काठमाडौ

 

नेपालको सिमेन्ट उद्योगले हालैका वर्षहरूमा उल्लेखनीय बृद्धि भएको अनुभव गरेको छ, जुन देशको अर्थतन्त्रमा प्रमुख खेलाडीको रूपमा उभिएको छ। उद्योगले पूर्वाधार विकास र रोजगारी सृजनामा ​​योगदान पुर्‍याएको भए पनि बृहत् अर्थतन्त्रमा असर पर्ने चिन्ताको विषय बनेको छ ।

 

बजारको भावनामा पर्न गएको असरहरु अनुसार नकारात्मक समाचार वा सिमेन्ट उद्योगसँग सम्बन्धित घटनाहरू, जस्तै वातावरणीय विवाद, नियामक मुद्दाहरू, वा घट्दो मागले लगानीकर्ताको भावना र सेयर बजारमा विश्वासलाई असर गर्दै लगेको देखिन्छ । यसले नेप्सेमा सूचीकृत सिमेन्ट स्टकमा बिक्रीको चाप बढ्न सक्छ।

सोना, घोराही, शिबम् सिमेन्ट लगायत सबै कम्पनीहरुले आफनो ऋण र बक्योता रकम तिर्न लाई समान्य आईपिओ देखी लिएर, प्रिमियम र अहिले बिवादास्पदमा रहेको सर्वोत्तम सिमेन्ट को बुक बिल्डिंग आईपीओले झन् सर्वसाधारण जनतालाई थप लुट्न खोज्दै छन् । नियमनकारी निकायमा भएको चरम भ्रष्टाचारले फेरी एकपटक जनताको पैसा बजार माफियाहरुको हातमा जादैछन् ।

पछिल्लो पटक शिवम् सिमेन्टबाट जसरि प्रमोटरहरु दाउ पारेर उच्च नाफाबाट भागेका थिए त्यसैगरि यसपालीको सर्वोत्तम सिमेन्टमा पनि हुन सक्ने सम्भावना अत्याधिक रहेको छ। नाम नखुलाउने सर्तका अनुसार सम्बन्धित एक अधिकारीले सर्वोत्तम सिमेन्टका कर्मचारीले तलव समेत नपाएको र यस्को इपिएस सबै माइनसमा रहेको गुनासो आएको छ ।

Share this post to