प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश परिमार्जन

प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । बीमा प्राधिकरणको निर्देशन अनुसार लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले यस अघि आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।

अब भने कम्पनीले ३.३२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१७५ प्रतिशत नगद गरि कुल ३.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको । बीमा प्राधिकरणको निर्देशन अनुसार लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।

 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनिको चुक्ता पुँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

Share this post to