विभिन्न वर्ण,लिङ्ग,जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौँ भन्ने कुरा हामी सबै नेपालीले बिर्सन हुँदैन।”: मीन प्रसाद कोइराला

नेपाल बहुजातीय,बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो भन्ने कुरा हामिसबैलाई थाहै छ। -विविधता सहितको एकतामा आधारित हाम्रो धर्म,संस्कृति र परम्परा एकअर्काको आस्था,भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको सर्बबिदितै छ।

– विश्वमा नेपालमात्र यस्तो मुलुक हो,जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ र नास्तिक हरुले समेत सबै धर्मकर्मलाई सम्मान गर्दै आयकाछन।

– नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन,अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ यसैलाई धर्म निरिपेक्ष राष्ट्र भनिन्छ।

-कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता,द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम,व्यवहार गर्न कानुनतः निषेध गरिएको कुरा बिर्सनुहुँदैन र कसैको लहलहैमा लगेर सामाजिक बन्धकन तोड्न हुदैन।

-यसका साथै हामी जुनसुकै जाति,भाषा,धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन यहि नै शाश्वत सत्य हो तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ।

-केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे हरेक नेपाली नागरिक गम्भीर हुन जरुरी छ।

-दैनिक घन्टौं इन्स्टा,टिकटक, टुइटर र फेसबुकमा धार्मिक डिभेटको बहस चलायर सामाजिक सत्भाव खल्बल्याउन ठुलाठुला गिरोह नै सक्रिय छन अत सरकारले त्यस्तो गिरोहको पहिचान गरि कारबाही गर्नु टड्कारो आबाश्यकता देखियको छ।

-हाम्रो देश भित्र रहेका हरेक समस्या,बिमति र चुनौतीहरूलाई संवाद,सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ।

-तसर्थ,धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, धार्मिक तथा बौद्धिक समुदाय र विशेषत आदरणीय धरानबासि जनसमुदायले पहल लिन ढिला गर्न हुँदैन।

-धार्मिक तथा समुदायगत एकता,सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ। -एकले अर्काको विचार,आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ।

– त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाउन अत्यन्तै जरुरी छ।

-विभिन्न वर्ण,लिङ्ग,जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौँ भन्ने कुरा हामी सबै नेपालीले बिर्सन हुँदैन।

-नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ।

-सबै धर्मको ध्येय राष्ट्रको हित,नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो। -अन्त्यमा,सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट मुठ्ठी उठाउन अनुरोध सहित

– Min Prasad Koirala Pratik 

गण्डकी प्रदेश समिती सदस्य

नेकपा(माओबादी केंद्र) स्याङ्जा।

Share this post to