राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन २ बाट भोट हाल्न नपाउने भएका छन् ।

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन २ बाट भोट हाल्न नपाउने भएका छन् ।

 

लामिछानेसँगै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पनि त्यहाँ मतदान गर्न नपाउने भएका हुन् ।

रविको मतदाता नामावली काठमाडौं रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावली चितवन क्षेत्र नं. ३ मा रहेकोले दुवैजनाले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

 

यता नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावी शक्तिखेरबाट मतदान गरेका छन् ।

Share this post to