हिजो तनहुँमा भएको उपचुनावमा ६३ हजार ७ सय ५७ मत खसेको थियो।

हिजो सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा  बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेका छन् ।

Share this post to