माननीय ज्यु, जहाँ अध्ययन पुग्छ त्यही बिषयमा बोल्नु भयो भने आफु र पार्टी दुबैको लागि भलो हुन्छ नभए यसै गरि प्रहार भैरहन्छ :सुवास चन्द्र ढुगाना

माननीय ज्यु, यतिका धेरै दल र नेताहरु हुदाहुदै तपाईहरु किन आएको त? यति सानो देश र जनता भएको ठाउमा दल थप्नु बेकार होइन र? कि कतै बाट परिचालित भएर वा उकासेर आउनु भएको हो? उनिहरुलाइ सुधार्न नै सकिन्थ्यो भने फेरि नयाँ नै दल खोलेर आउन जरुरी थियो त? अनि जनताले किन नयाँ हरुलाइ नै धेरै समर्थन गरेका हुन फेरि? कि लहडमा खहरे खोला झै आए जस्तो लाग्छ?

 हो यसरी आरोप मात्र लगाउन त कति सजिलो छ नि ! आरोप लगाउदै गर्दा बास्तबिकता पनि बुझ्ने कोसिस गर्नु पर्छ।

 

तपाईहरु जस्ता नयाँ यो कारणले आउनु भयो कि ती पुराना दल र नेताहरुले जति मौका र समय पाउँदा पनि केही सुधारको काम गरेनन। तपाइँहरु जस्तो नयाँ को आगमन पछि नै ती पुराना दलका नेताहरुले अब सच्चिन्नु पर्छ नभए त सकिन्छौ भन्ने चेत आउदै छ। पुराना को माया लागेर बिचरा तिनिहरु सकिन्छन भनेर तपाईहरु चुपचाप हेरेर बस्नु भएन त !

 

हो यसैगरी नै यो नयाँ Stock Exchange यति सानो देश भएर पनि आबश्यकताले भन्दा पनि बाध्यताले गर्दा लगानिकर्ताले माग राखेका हुन। यतिको समयसम्म अहिलेको Stock Exchange लगानिकर्ताको लागि अरु के-के instruments भित्र्याउन सक्यो त? bull and bear त सन्सारको सबै बजारमा हुन्छ नै तर बाहिरी बिकशित बजारमा जस्तै आफुलाइ upgrade गर्न सकेको भए बेला बेला आउने यस्ता bearish बजारले यस्तो panic बनाउदैन थियो होला। अहिलेको Stock Exchange ले जति चाहेर पनि बिकाश गर्न सक्दैन भन्ने हाम्रो बुझाइ हो।

 

निजि आउने बितिकै सरकारी सकिन्छ भन्ने अल्पग्यान बाट मुक्त हुनुस पहिले। यदि यो बिचरधारा तपाइँ को मात्र नभएर पार्टी को नै हो भने रास्वपा लाई Democratic Party भनेर बिस्वास गर्ने आधार के?

 

कमिसन र भ्रष्टाचार को खेल हुँदै छ भने त्यस्ता बिसङतिको बिरुद्दमा बोल्ने हो! मेरो गाउँमा बाटो, स्कुल, अस्पताल जस्ता बिकासका कुरा बनाउदा कमिसन खान्छन, यो त भ्रष्टाचार गर्ने माध्यम मात्र हो भनेर बिकाश नै रोक्ने कि भ्रष्ट्रचारी लाई कारबाही गर्ने? कति देशलाई त एउटा पनि Stock Exchange आबश्यक छैन भन्ने लागेको छ अब त्यही गरौन त।

Share this post to