अन्तर्राष्ट्रिय बजार देखी नेपालको बजार सम्मको टेक्निकल चार्टको विश्लेषण गर्नुहुने SUMAN THAPA का अनुसार बजार बटमको बिन्दु नजिक छ।

शेयर बजार जाेखिम पूर्ण क्षेत्र हाे ,याे अध्ययनकाे लागि मात्र बिचार लेखिएकाे हुन्छ यसकाे आधारमा काराेवार नगर्न अनुराेध गर्दछाै।

हामी सबैलाई थाहा भएको कुरा हाे बिश्वब्यापी स्थिति, खासगरी अमेरिकी बजार नाजुक देखिएकाे छ ।सिलिकन भ्यालि बैंक(SVB) याे बैंक अमेरिकाे ठुलाे बैंक मध्य एक हाे ,सन् २००८ काे वित्तीय संकट पछि काे दाेस्राे क्रयासिस हाे।यसकाे प्रभाव नेपालमा आऊला नआऊला । ब्याजदर ,सिपिआई देखि सबै माथि छ।

नेपालकाे सन्दर्भमा पनि ब्याज दर घटाउने देखि ,राष्ट्र बैंकको मौद्रिक नीति राम्रो आउनुपर्छ।खराब कुरालाई एकातर्फ राखी  बजारकाे हालकाे चक्र हेर्दा बटम यात्रामा मा रहेकाे छ । सामान्यतया यस्तै अवस्थामा बजारको नया साईकल सुरू हुन्छ। तलको चार्ट मान्य हुनकाे लागि २०१२ देखिकाे डाईगनल रेखा (पहेलाे लाईन) हाेल्ड गर्नु धेरै महत्त्वपूर्ण छ ।

साथै फिबोनाची (Fib) नम्वर १.८ माेडिफायड नम्वर हाे जुन अघिल्लाे साईकलकाे आधार मानेर लिएकाे छ ।डाइऐगनल लाइन बाट ब्रेक डाउन कन्फ़र्मेशन आउछ भने बाज़ारमा थप डाउन साइडको प्रवलता भने क़ायमनै रहने देखिन्छ।तर अहिले हालको संदर्भमा भने कुनैपनी कन्फ़र्मेशन रहेको छैन।

मध्य देखी दीर्घकालीन लगानीको लागि उपयुक्त रहेको जस्तो देखिन्छ।

Share this post to